Saturday, September 22, 2018

सरकारका प्रतिनिधि र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच भएका ८ बुँदे सहमति


काठमाडौँ — सरकारले नयाँ ऐनमा संशोधन गर्न तयार भएपछि आन्दोलनमा उत्रिएका नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । सरकारका प्रतिनिधि र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच भएका ८ बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने लगायतका व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु ३ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृह सचिव प्रेम राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजिव गौतमले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् ।

कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहेरनरहेको छानबिन गर्न समिति गठन गर्ने, लगायतका सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।

‘मन्त्रिपरिषदको कार्यालयमा सहमति भएको छ,’ उनले भने, ‘आन्दोलन फिर्ता गाडी सुचारु गरिसकेका छन् ।’

सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ । चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो । भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएका हुन् ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...