Saturday, September 22, 2018

फेरी बिपल्पको बन्द


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग गर्दै उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपाको उपत्यका विशेष ब्युरोले जनाएको छ ।

ब्युरो इन्चार्ज प्रज्वलले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको भन्दै घोर विरोध तथा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।

नेता प्रज्वलले उपत्यका बन्द सफल बनाउन सबैलाई अनुरोध पनि गरेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ (‘ओली सरकारले श्रमजीवी तथा उत्पीडित जनताको ढाड भाँचिनेगरी करवृद्धि गरेको छ । निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको छ । दुई तिहाइको दभ्ममा हुकिँदै गरेको यो मैमत्त फासिवादी सरकारले कमरेड प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीको विरुद्ध एवम् उहाँहरूको यथाशीघ्र स–सम्मान रिहाइको लागि यही असोज ७ गते, आइतबार उपत्यकाबन्दको कार्यक्रम घोषणा गरेको छ ।’





No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...