Saturday, September 22, 2018

दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै ‘छक्का फञ्जा ३’ले आफ्नो ट्रेलर सार्वजनिक


दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै ‘छक्का फञ्जा ३’ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।नेपाली फिल्म व्यापारमा र्कीितमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपालको सरकारी विधालयको शैक्षिक बेथितिलाई आफ्नो कथा बनाएको देखाएको छ।फिल्ममा अधिकाशं अघिल्ला श्रृखंलाका कलाकारको नै अभिनय रहेको छ। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, दीपिका प्रसाई, संजोग कोइराला, प्रियंका कार्की आदि कलाकारको अभिनय रहेको छ ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...