Monday, September 24, 2018

सार्बजनिक सवारीसाधनमा भाडा १० प्रतिशतले बढ्यो











आश्विन ७, २०७५ सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा मुल्यवृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने व्यवसायीको दवावपछि सरकारले सार्वजनिक सवारीमा १० प्रतिशतले भाडा वृद्धि गरेको हो । यातायात व्यवसायी र सरकारबीच हिजो सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो । यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा चार बुँदे सहमति भएको छ ।  पेट्रोलियम पदार्थमा पछिल्लो पटक वढेको मुल्यवृद्धि पछि व्यवासयीले भाडा समायोजन हुनुपर्ने भन्दै दशैंका लागि अग्रिम टिकट खुलाउन मानेका थिएनन् । १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णय स्वागत योग्य भएको भन्दै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अव दशैंका लागि अग्रिम टिकट खुलाउने बताउनुभयो । यातायात व्यवसायीले गत शुक्रवारबाटै अग्रिम टिकट खोल्ने तयारी गरेपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि रोकिएको थियो । पेट्रोलियम पदार्थमा लगातारको मुल्यवृद्धि संगै यातायातको पनि भाडा वढेपछि सर्वसाधरण यात्रु भने मारमा परेका छन् । 

यसरि भाडा बडाउदा जनतामा पर्ने आसर बरेमा ध्यान कसले दिने  ।  बर्तमान सरकार जनतालाई सुबिधा दिनु भन्दा  कर र भाडा बडाउन लागेको किन  ?

 यसमा  तपाइको बिचार के छ ।।।।।।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...