आश्विन ७, २०७५ सवारी चालकको हडतालका कारण ५ दिनदेखि चुलिंदै गएको पेट्रोलियम पदार्थ अभाव एकआध दिनमै सहज हुने नेपाल आयल निगमको महेन्द्रनगर डिपोले जनाएको छ । डिपो मातहतका २ दर्जन बढी ट्याङकर चालकले सोमबारदेखि ढुवानी सेवा ठप्प पारेपछि महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीमा इन्धनको चरम संकट उतपन्न भएको थियो । डिपो ईन्चार्ज उपेन्द्र सुवेदीकाअनुसार सुरुमा प्रशासन र लगत्तै डिपो कार्यालयमा चालक, डिलर र ट्याङकर संचालकबीच भएको छलफलमा ढुवानी शुरु गर्ने सहमति भएको थियो । सहमति लगत्तै शुक्रबार बेलुकी १२ पेट्रोल र ११ डिजलका गरी २३ ट्याङकर भारतको बरौनीतर्फ गएका थिए । इन्धन बोकेर फर्कदै गरेका ती ट्याङकर आईतबार सीमा क्षेत्रमा पुग्ने डिपो ईन्चार्ज सुवेदीले बताउनुभयो । नेपाल तथा भारतको भन्सार प्रकृया पूरा गरी आइतबारै (साँझसम्म) महेन्द्रनगर डिपोमा आईपुगेपछि समस्या समाधान हुने उहाँले बताउनुभयो । ‘ती ट्याङकरले १ लाख ८८ हजार (१ सय ८८ केएल) पेट्रोल र १ लाख ९२ हजार (१ सय ९२ केएल) डिजेल बोकेका छन्’ सुवेदीले भन्नुभयो, ‘ट्याङकर डिपोमा पुगेलगत्तै ४ वटै जिल्ला (महोत्तरी, धनुषा, सर्लाही र सिन्धुली) का पम्पलाई वितरण सुरु गर्ने ब्यवस्था मिलाएका छौ ।’ सुवेदीले आईतबार साँझदेखि नै यी जिल्लामा पेट्रोलियम सहज हुने दाबी गरे पनि ब्यवहारिक दृष्टिले सोमवार मात्र सम्भव हुने पम्प संचालकले जनाएका छन् । महेन्द्र नगर डिपोले यी जिल्लाका ८० पम्पलाई पेट्रोलियम वितरण गर्दै आएको छ । पम्प संचालकका अनुसार पहिले डिपोसम्म ट्याङकर पुग्नु पर्यो । त्यसपछि डिपोले वितरण गरेको ट्याङकर पम्पसम्म पुग्न लाग्ने समय समेत जोडदा सोमबार मात्र पेट्रोल आर्पूित सहज हुने उनीहरुको भनाई छ । सुवेदीकाअनुसार तत्काल समस्या समाधान गर्न महेन्द्रनगर डिपोले अमलेखगञ्जबाट २ ट्याङकर पेट्रोल ल्याएर जनकपुर क्षेत्रमा वितरण गरिसकेकोले पहिले जस्तो अभाव छैन । बरौनीको भर मात्र नपरी रकसौलबाट समेत १० ट्याङकर इन्धन मगाईएकोले इन्धन समस्या नहुने उहाँले बताउनुभयो ।
Monday, September 24, 2018
केही दिनहरूमा पेट्रोल आपूर्ति सजिलो छ: डिपो इन्चार्ज सुवेदी

Subscribe to:
Post Comments (Atom)
LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न
१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...

-
क्रिस्टियानो रोनाल्डो मेडिरा, पोर्चुगल फेब्रुअरी 5, 1985 मा जन्म भएको थियो। आफ्नो पूरा नाम dos Santos Aveiro छ। उहाँले मारिया Dolores...
-
गैडाकोट १३, नवलपरासीमा रहेको अविनास ह्याचारिले फोहोर व्याबस्थित नगर्दा त्यस वारपरको क्षेत्रमा दुर्गन फैलिएको छ ्र करिब २ बर्ष आ...
-
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसह...
No comments:
Post a Comment