Tuesday, September 18, 2018

राष्ट्रिय ओपन ब्याडमिन्टन च्याम्पियनशिपमा, ध्रुमश र सुन्तली खेल्दै


काठमाडौं– भद्रगोलका कालकार ‘सीते बा’ उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएका छन् । पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

ब्याटमिन्टनको उद्घाटन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा गर्नुका साथै दुवै जनाले ब्याटमिण्टन खेल्ने पाठकले बताए ।पत्रकार सम्मेलनमा बोल्दै सीते बाले आफ्नो खेलप्रतिको रुची र प्रेमले प्रतियोगिताको आयोजना गरिएको बताए । ब्याटमिन्टनको लोकप्रियता देशैभरि भएकोले स्वास्थ्यको हिसाबले राम्रो हुनुका साथै अस्पताल अनावश्यक धाउनुपर्ने झन्झट घट्ने सीतेबाको भनाई रहेको छ ।

प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ । प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए ।

खेलका हरेक विधाका विजेताहरुलाई नगद राशीसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...