Monday, October 1, 2018

क्यान्सरको बिरामीलाई सहयोग








नवलपुर समाज जापान का अध्यक्ष श्री सागर प्रसाद कंडेल , उपाध्यक्ष   श्री राम ब. खड्का लगाएत सम्पुर्ण नवलपुर समाज का  पदाधिकारी तथा  सदस्य हरु को पहल मा संकलन भएको रकम रु ४०,०००/- गैंडाकोट नगरपालिका १७ अ्मरापुरी बस्ने श्रीमती तुलादेबी शर्मा जो केही समय देखि  भरतपुर Cancer hospital मा क्यान्सर जस्तो जटिल रोग को उपचार गराइ रहनु भएको र उहाको आर्थिक अवस्था निकै कमजोर रहेको सन्धर्भ मा जापान मा रहनु हुने समाज का सम्पुर्ण भाइ हरु को मेहनत र पसिना बाट आर्जेको यो रकम उहाँ बिरामी आमा  को  उपचारार्थ उहाँ को  छोरा श्री बाबुराम शर्मा लाई आज एक सानो कार्यक्रम का बिच हस्तान्तरण गरियो । साथ मा उक्त कार्य  को लागि सकृय भुमिका खेल्नु हुने गैंडाकोट १७ अमरापुरि निवासी युबा तथा समाजसेबि ब्यक्ति श्री राजन कंडेल, उक्त ओडा का ओडा अध्यक्ष श्री रत्न बहादुर खड्का अनि स्वहि ओडा कि  महिला ओडा सदस्य श्रीमती राधिका  कंडेल समेत को सहभागीता रहेको थियो।जापान बाट यस महान कार्य  को लागि सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद दिदै , बिरामी को सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...