Monday, October 1, 2018

निर्मला बलात्कार-हत्या छानबिन समितिका सदस्यमाथि आक्रमण




निर्मला बलात्कार -हत्या छानबिन समितिका सदस्यमाथि धनगढीमा आक्रमण भएको छ।
निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो।७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाडीमाथि मोटरसाइकलमा आएको २ जनाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालय जाने क्रममा बाटोमा आक्रमण भएको हो। केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आक्रमण भएको र आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। केसीको सुरक्षामा २ जना सुरक्षाकर्मी पनि थिए।

साभार : setopati online NEWS

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...