Monday, October 1, 2018

हारबाट जोगियो बार्सिलोना, लिगको शीर्ष स्थानमा कायमै








साविकको विजेता बार्सिलोना शनिबार आफ्नो घरेलु मैदानमा सम्भावित हारबाट जोगिएको छ। घरेलु मैदानमा एथलिक बिल्बाओसँगको खेलमा अन्तिम समयमा गोल गरेपछि ऊ हारबाट जोगिएको हो।खेलको पहिला हाफ सकिन ४ मिनेट बाँकी छँदा बार्सिलोनाले एक गोल खाएको थियो।सो गोल ओस्कार डे मार्कोसले मार्केल सुसाएटाको क्रसमा गरेका थिए।पाहुना टोलीबाट १-० गोलले पछि परेको बार्सिलोनाले खेलको ८४ औं मिनेटमा मात्र बराबरि गोल फर्काउन सकेको थियो। सो गोल मुनिर एल हद्दीले गरेका हुन्।८० औं मिनेटमा ओस्मान डेम्बेलेको ठाउँमा मैदान प्रवेश गरेका मुनिरले ४ मिनेटपछि नै बराबरी गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो ।खेलमा पछाडी परेपछि मेसी ५५ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । खेल सकिएपछि रेफ्रीसँग वादविवाद गरेपछि मेसीलाई पहेंलो कार्ड देखाइएको थियो । बार्सिलोना ७ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा छ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...