Monday, October 1, 2018

रोनाल्डोलाई लाग्‍यो बलात्कारको आरोप







पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोलाई एक ३४ वर्षे  महिलाले  आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् ।म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लस भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।उनले घटना सामसुम पार्न रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राको दाबी छ । सो पत्रिकाका अनुसार रोनाल्डोलाई ती महिलाले पटक पटक 'हुँदैन', 'रोक' भन्दाभन्दै पनि उनले जबरदस्ती गरेको उल्लेख गरेको छ।’रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको तर १ प्रतिशतले जितेकोले बताइन्,’ उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’रोनाल्डोका वकिल सेच्र्ज बग्र्मानले सो कुरामा कुनै सत्यता नरहेको बताएका छन्।उनले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।रोनाल्डोले भने सो सम्बन्ध सहमतिमा गरेको बताउँदै आएका छन्।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...