Tuesday, October 2, 2018

मनसुनको विदाईसगै जाडोलाई स्वागत






यस वर्षको मनसुन अबको केही दिनमै सकिने मौसमविद्हरुले बताएका छन्।मनसुन निस्क्रिय हुने क्रममा रहेकाले अबको केही दिनमै नेपालबाट मनसुन विदा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए। यस वर्ष करिब १ हजार ४ सय ९२ मिलिलिटर वर्षा भएको थियो ।  अबको दुई-तीन दिनमै मनसुन सकिएको घोषणा गर्ने तयारीमा मौसमविद्हरु जुटेका छन्।‘भारतको राजस्थानमा गएको शनिबार नै मनसुन निस्क्रिय भएको औपचारिक घोषणा भइसकेको छ,’ मौसमविद् रिमालले भने, ‘त्यसको प्रभाव नेपालको सुदुरपश्चिम क्षेत्रमा देखिन थालेको छ। यो क्रमशः पूर्वतर्फ सर्दै जान्छ।’मनसुन निस्क्रिय भएकाले अब कतै–कतै छिटपुट वर्षा भए पनि ठूलो पानी पर्ने संभावन नभएको उनले बताए।यस वर्षको मनसुन गएको २५ जेठमा नेपाल भित्रिएको थियो। नेपालमा सामान्यतया जुन १० मा भित्रिने मनसुन सेप्टेम्बर चौथो साता सकिने गर्छ।अघिल्लो वर्ष अक्टोवर १६ मा मनसुन सकिएको थियो। तर यस वर्ष त्यसअघि नै मनसुन नेपालबाट विदा हुन लागेको हो।मनसुन अवधिमा यस वर्ष करिब १ हजार ४ सय ९२ मिलिलिटर वर्षा हुने अनुमान महाशाखाले गरेको छ। नेपालमा मनसुन अवधिमा कूल वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ।अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई नेपालमा मनसुन अवधि मानिन्छ।नेपालमा यसपटक अधिकांश क्षेत्रमा औषत वर्षा भएको छ। यस वर्ष मनसुन विगतभन्दा चाँडै निस्क्रिय हुने भएकाले दशैंमा पानी नपर्ने मौसमविद् रिमालले बताए।अबको केहि दिनमा नै जाडो लाग्ने  अनुमान लगाई एको  छ ।  देशको विभिन्न ठाउमा बिहानी समयमा तुवालो लाग्ने गरेको पाएयाको छ भने दिउसोको समयमा भने ज गर्मि हुने गरेको छ ।

No comments:

Post a Comment

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...