विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकका ५ करोड अकाउन्टमाथि ह्याकरले आक्रमण गरेका छन्।सुरक्षा त्रुटिका कारण करोडौं फेसबुक अकाउन्ट ह्याकरले आफ्नो नियन्त्रणमा लिन खोजेको फेसबुकका सिइयो मार्क जुकरबर्गले जनाएका छन्।फेसबुकको ‘भ्यू–एज’ फिचरमार्फत उनीहरुले विभिन्न फेसबुक अकाउन्टमा नियन्त्रण लिन खोजेका थिए। भ्यू–एज फिचरमा सार्वजनिक गर्न चाहेका पोस्टहरु मात्र फेसबुक प्रयोगकर्ताले देख्न सक्छन्। यो समस्या अहिले नियन्त्रणमा आइसकेकाले आत्तिनुपर्ने अवस्था नभएको फेसबुकले जनाएको छ। फेसबुकले यसबारे सरकारी सुरक्षा संयन्त्रलाई समेत जानकारी गराएको छ।फेसबुक प्रयोगकर्ताका सुरक्षा अत्यन्त महत्वपूर्ण भएको बताउँदै फेसबुक प्रोडक्ट म्यानेजमेन्टका उप–प्रमुख गाइ रोसनले यस त्रुटिका लागि माफी मागेका छन्। उनले आफूहरु फेसबुक प्रयोगकर्ताका सुरक्षा र गोपनीयताको पक्षमा रहेको उल्लेख गरेका छन्।
प्रभावित को छन्?
५ करोड फेसबुक अकाउन्टमा आक्रमण भएको स्वीकार गरे पनि फेसबुकले कुन महादेशका अकाउन्ट निसानामा परेका हुन् भन्ने खुलाएको छैन। अनुसन्धान प्रारम्भिक चरणमा भएको उल्लेख गर्दै ती अकाउन्टमा ह्याकरको पहुँच पुगेको वा दुरुपयोग भएको छ या छैन भन्नेबारे पनि केही उल्लेख गरिएको छैन। ह्याकरको पहिचनबारे पनि फेसबुक अनविज्ञ छ। शुक्रबार फेसबुकका सिइयो जुकरबर्गले आफूहरु यस विषयप्रति गम्भिर भएको बताउँदै आगमी दिनमा समस्या आउन नदिने बताए।
के हो भ्यू–एज?
‘भ्यू–एज’ फेसबुकको एउटा फिचर हो। यस फिचरमार्फत सार्वजनिक गर्न चाहेका पोस्टहरु मात्र आफूसँग नजोडिएका फेसबुक प्रयोगकर्ताले देख्न सक्छन्। आफ्ना फोटो, स्टाटस पोस्टहरु यदि ‘अन्ली फ्रेन्ड’ गरिएको छ भने अन्य अकाउन्ट तथा प्रयोगकर्ताको पहुँचमा पोस्टहरु पुग्दैन्। यदि प्राइभेसी पब्लिक छ भने सबैले हाम्रा फेसबुक गतिविधि देख्न सक्छन्। यस भ्यू–एच फिचरमा भएका समस्याका फाइदा उठाउँदै ह्याकरले आक्रमणको प्रयास गरेका हुन्।
पासवर्ड फेर्नु पर्दैन
ह्याकरको आक्रमणमा परेका अकाउन्ट पुनः लग इन गर्न फेसबुकले शुक्रबार नै आग्रह गरेको छ। पासवर्ड भने परिवर्तन गर्न नपर्ने उसले जनाएको छ। फेसबुकले मंगलबार नै ह्याकरबारे थाहा पाए पनि शुक्रबार मात्रै यो विषयमा सार्वजनिक प्रतिक्रिया दिएको हो। घटना सार्वजनिक पछि शुक्रबार फेसबुकको शेयरमा ३ प्रतिशतले गिरावट आएको थियो। पछिल्लो फेसबुक तथ्यांकअनुसार एक महिनामा २ अर्ब मानिसले फेसबुक चलाउने गर्दछन्।
No comments:
Post a Comment