जुम्लाको तिला गाउँपालिका ५ डुँग्री गाउँकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । असोज ६ गते साँझ ७ बजेतिर बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बलात्कारमा संलग्न २ जना अन्दाजी १५र१६ वर्षका बालकहरु रहेको प्रहरीको भनाई छ । डुँग्री गाउँकै भवानी थानको मेला हेरेर फर्कदै गरेकी बालिकालाई छिमेकी हिमा गाउँपालिका ३ मोफ्लाका बालकले बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार बिहान पीडितले उजुरी दिएपछि दिउँसो साढे २ बजेनै आरोपित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश कुमार केसीले जानकारी दिनुभयो ।बालिका बलात्कृत भएको खबर प्राप्त हुनासाथ आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाइसकेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो । १३ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा हिमा गाउँंपालिका – ३ का रवी भण्डारी र धनरासी रोकायालाई पक्राउ गरी मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।
यसरि दिनहु जस्तो बलात्कारकोघटना हुदा पनि सरकार केहि गरन सकेको छैन । अझै कति दिन सम्म नेपाली चेली बलात्कारको सिकार हुने सरकार ले यसमा बिशेष ध्यान दिनु जरुरि छ ।
No comments:
Post a Comment