Wednesday, October 3, 2018

रोनाल्डोले अस्वीकार गरे बलात्कारको आरोप







युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कारको आरोप ठाडै अस्वीकार गरेका छन् ।एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोमाथि आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेकी हुन् । रोनाल्डोले भने ‘फेक न्यूज’ भन्दै आरोप अस्वीकार गरेका छन् । इन्टाग्राममा पोष्ट गरिएको भिडियो भनिएको छ, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहन्छन् । यो समान्य हो ।’रोनाल्डोका वकिलले भने बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

पत्रिकाको समाचारमा रोनाल्डोले २००९ मा लसभेगसको एक होटलमा आफूलाई बलात्कार गरेको अमेरिकी महिलाको दाबी उल्लेख छ । ३४ वर्षीय महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । २०१० मा ३ लाख ७५ हजार डलरमा सहमति भएको समाचारमा उल्लेख छ ।

दैनिक राशिफल

१७ असोज , २०७५

मेष  राशि = चु,चे,चो,ला,लि,लु,ले,लो,अ

घरमा पाउना आउने छ्न , महिलाबाट सहयोग मिल्ने छ , विधामा प्रगति हुनेछ

वृष राशि = इ , उ , ए ,ओ ,वा, वि , वु , वे , वो

मित्रको सहयोग मिल्ने छ , वैदेशिक आम्दानी बढने छ ,बुद्धिको विकास हुनेछ




मिथुन राशि =का , कि , कु , घ , ङ,  छ, के , को , हा

नजिकको मानिसबाट सहयोग मिल्ने छ ,फाइदा जनक यात्रा


कर्कट=  हि , हु , हे , हो , डा ,डी , डु  ,डे ,डो

पैसाको कमि हुनेछ , सामान हराउने योग छ , घाउ लागन सक्छ


सिह राशि = मा , मि , मु , मे , मो , टा, टि , टु , टे

      समाजिक सेवाको काममा मन जाने छ , नया कामको थाल्नी



कन्या राशि = टो , पा , पि , पु , ष , ण , ठ , पे , पो

       धनको बृद्दी , मिठो भोजन , रमाइलो यात्रा


तुला राशि = रा , रि  , रु , रे , रो , ता , ति , तु , तो

प्रेममा सफलता ,रमाइलो दिन ,छोटो र रमाइलो यात्रा



बृशिक =तो , ना , नि , नु , ने , नो , या , यि , यु

मनमा दोधार, प्रेममा धोका ,


धनु =ये , यो , भा , भि , भु  , धा , फा  , ढा , भे

विधामा  विकास ,नया   ज्ञान प्राप्ति


मकर राशि = भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि

विधामा प्रगति ,राजनीतिक फाइदा , रोजगारको अवसर



कुम्भराशि = गु ,गे , गो , सा , सि , सु , से , सो , दा

काममा फाइदा, नया काममा लगानी




मीन राशि = दि , दु , थ , झ , ञ, दे , दो , चा , चि

झगडा ,आर्थिक संकट

Tuesday, October 2, 2018

मिस्सिले अब अर्जेन्टिनाबाट खेल्न नपाउने






दशककै उत्कृष्ट फुटबलर मानिए पनि लियोनेल मेस्सीमाथि राष्ट्रिय टोलीबाट अपेक्षित राम्रो नखेलेको आरोप बेलाबेला लाग्ने गरेको छ । रुस विश्वकपमा अर्जेन्टिना pre quarter
Final बाटै बाहिरिएपछि उनीमाथि थप प्रश्नहरु उब्जेका छन् ।यसैबीच, अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले लिओनल मेस्सीलाई फेरि अर्जेन्टिनाका लागि नखेल्न सुझाव दिएका छन् ।एउटा अन्तरवार्तामा म्याराडोनाले भने, ‘यदि यू-१५ टिमले हार्‍यो भने पनि मेस्सीलाई दोष दिइन्छ । म उनलाई भन्छु अब (देशका लागि) नखेल । यदि उ (अर्जेन्टिना फुटबल संघ) बहादुर छ भने हेरोस् ।’रुस विश्वकपको असफलतापछि मेस्सीले अन्तराष्ट्रिय करिअरबारे केही बोलेका छैन्न् ।म्याराडोना भन्छन्, ‘सबैले उनलाई सन्देश पठाऔं कि विश्व च्याम्पियन नहुनुमा उनी दोषी छैनन् ।’

एकै पटकमा पाच करोड Facebook Account Hack








विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकका ५ करोड अकाउन्टमाथि ह्याकरले आक्रमण गरेका छन्।सुरक्षा त्रुटिका कारण करोडौं फेसबुक अकाउन्ट ह्याकरले आफ्नो नियन्त्रणमा लिन खोजेको फेसबुकका सिइयो मार्क जुकरबर्गले जनाएका छन्।फेसबुकको ‘भ्यू–एज’ फिचरमार्फत उनीहरुले विभिन्न फेसबुक अकाउन्टमा नियन्त्रण लिन खोजेका थिए। भ्यू–एज फिचरमा सार्वजनिक गर्न चाहेका पोस्टहरु मात्र फेसबुक प्रयोगकर्ताले देख्न सक्छन्। यो समस्या अहिले नियन्त्रणमा आइसकेकाले आत्तिनुपर्ने अवस्था नभएको फेसबुकले जनाएको छ। फेसबुकले यसबारे सरकारी सुरक्षा संयन्त्रलाई समेत जानकारी गराएको छ।फेसबुक प्रयोगकर्ताका सुरक्षा अत्यन्त महत्वपूर्ण भएको बताउँदै फेसबुक प्रोडक्ट म्यानेजमेन्टका उप–प्रमुख गाइ रोसनले यस त्रुटिका लागि माफी मागेका छन्। उनले आफूहरु फेसबुक प्रयोगकर्ताका सुरक्षा र गोपनीयताको पक्षमा रहेको उल्लेख गरेका छन्।
प्रभावित को छन्?
५ करोड फेसबुक अकाउन्टमा आक्रमण भएको स्वीकार गरे पनि फेसबुकले कुन महादेशका अकाउन्ट निसानामा परेका हुन् भन्ने खुलाएको छैन। अनुसन्धान प्रारम्भिक चरणमा भएको उल्लेख गर्दै ती अकाउन्टमा ह्याकरको पहुँच पुगेको वा दुरुपयोग भएको छ या छैन भन्नेबारे पनि केही उल्लेख गरिएको छैन। ह्याकरको पहिचनबारे पनि फेसबुक अनविज्ञ छ। शुक्रबार फेसबुकका सिइयो जुकरबर्गले आफूहरु यस विषयप्रति गम्भिर भएको बताउँदै आगमी दिनमा समस्या आउन नदिने बताए।

के हो भ्यू–एज?
‘भ्यू–एज’ फेसबुकको एउटा फिचर हो। यस फिचरमार्फत सार्वजनिक गर्न चाहेका पोस्टहरु मात्र आफूसँग नजोडिएका फेसबुक प्रयोगकर्ताले देख्न सक्छन्। आफ्ना फोटो, स्टाटस पोस्टहरु यदि ‘अन्ली फ्रेन्ड’ गरिएको छ भने अन्य अकाउन्ट तथा प्रयोगकर्ताको पहुँचमा पोस्टहरु पुग्दैन्। यदि प्राइभेसी पब्लिक छ भने सबैले हाम्रा फेसबुक गतिविधि देख्न सक्छन्। यस भ्यू–एच फिचरमा भएका समस्याका फाइदा उठाउँदै ह्याकरले आक्रमणको प्रयास गरेका हुन्।

पासवर्ड फेर्नु पर्दैन
ह्याकरको आक्रमणमा परेका अकाउन्ट पुनः लग इन गर्न फेसबुकले शुक्रबार नै आग्रह गरेको छ। पासवर्ड भने परिवर्तन गर्न नपर्ने उसले जनाएको छ। फेसबुकले मंगलबार नै ह्याकरबारे थाहा पाए पनि शुक्रबार मात्रै यो विषयमा सार्वजनिक प्रतिक्रिया दिएको हो। घटना सार्वजनिक पछि शुक्रबार फेसबुकको शेयरमा ३ प्रतिशतले गिरावट आएको थियो। पछिल्लो फेसबुक तथ्यांकअनुसार एक महिनामा २ अर्ब मानिसले फेसबुक चलाउने गर्दछन्।

मनसुनको विदाईसगै जाडोलाई स्वागत






यस वर्षको मनसुन अबको केही दिनमै सकिने मौसमविद्हरुले बताएका छन्।मनसुन निस्क्रिय हुने क्रममा रहेकाले अबको केही दिनमै नेपालबाट मनसुन विदा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए। यस वर्ष करिब १ हजार ४ सय ९२ मिलिलिटर वर्षा भएको थियो ।  अबको दुई-तीन दिनमै मनसुन सकिएको घोषणा गर्ने तयारीमा मौसमविद्हरु जुटेका छन्।‘भारतको राजस्थानमा गएको शनिबार नै मनसुन निस्क्रिय भएको औपचारिक घोषणा भइसकेको छ,’ मौसमविद् रिमालले भने, ‘त्यसको प्रभाव नेपालको सुदुरपश्चिम क्षेत्रमा देखिन थालेको छ। यो क्रमशः पूर्वतर्फ सर्दै जान्छ।’मनसुन निस्क्रिय भएकाले अब कतै–कतै छिटपुट वर्षा भए पनि ठूलो पानी पर्ने संभावन नभएको उनले बताए।यस वर्षको मनसुन गएको २५ जेठमा नेपाल भित्रिएको थियो। नेपालमा सामान्यतया जुन १० मा भित्रिने मनसुन सेप्टेम्बर चौथो साता सकिने गर्छ।अघिल्लो वर्ष अक्टोवर १६ मा मनसुन सकिएको थियो। तर यस वर्ष त्यसअघि नै मनसुन नेपालबाट विदा हुन लागेको हो।मनसुन अवधिमा यस वर्ष करिब १ हजार ४ सय ९२ मिलिलिटर वर्षा हुने अनुमान महाशाखाले गरेको छ। नेपालमा मनसुन अवधिमा कूल वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ।अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई नेपालमा मनसुन अवधि मानिन्छ।नेपालमा यसपटक अधिकांश क्षेत्रमा औषत वर्षा भएको छ। यस वर्ष मनसुन विगतभन्दा चाँडै निस्क्रिय हुने भएकाले दशैंमा पानी नपर्ने मौसमविद् रिमालले बताए।अबको केहि दिनमा नै जाडो लाग्ने  अनुमान लगाई एको  छ ।  देशको विभिन्न ठाउमा बिहानी समयमा तुवालो लाग्ने गरेको पाएयाको छ भने दिउसोको समयमा भने ज गर्मि हुने गरेको छ ।

नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ








१४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् ।
घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ ।कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको थियो । खाँ नै मुख्य योजनाकार भएको बताइएको छ । खाँसँग चिनजान भएकी युवती नाच हेर्न गएकी थिइन् । तर राति घर पुर्‍याइदिने बाहनामा बलात्कृत भएकी थिइन् ।प्रहरीले दुईजनालाई जबरजस्तीकरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले किशोरीको उमेर १४ वर्षसम्ममात्र रहेकाले बालिका करणीको अभियोगमा अनुसन्धान अघि बढाएको छ ।मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको बताए । फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

Monday, October 1, 2018

‘अब मातृभाषामै शिक्षा’








काठमाडौँ — नयाँ शिक्षा ऐनमा मातृभाषा सुनिश्चित गरिएकाले स्थानीय सरकारमार्फत कार्यान्वयन हुन सक्नुपर्ने अभियन्ताले बताएका छन् । ‘संघीय संसद्ले पारित गरेको शिक्षा ऐनले देश बहुभाषिक भएको प्रमाणित गरेको छ,’ भाषाविद् तथा अभियन्ता अमृत योञ्जन तामाङले भने, ‘यो ऐनमा मातृभाषाबारे नबोलिएको भए हामीलाई सोझै अंग्रेजी वा नेपाली मात्रै पढ भनिन्थ्यो होला तर त्यो टर्‍यो ।’
मार्टिन चौतारीले आयोजना गरेको ‘संघीय नेपालमा मातृभाषामा शिक्षाका चुनौती’ विषयक अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्दै तामाङले भने, ‘विगतमा मातृभाषालाई नेपाली भाषाको सौताका रूपमा लिइयो, अब त्यो स्थिति आउने छैन । नीति स्पष्ट आएको छ तर पनि नियतमा भर पर्न सक्छ ।’ मातृभाषा कार्यान्वयन कर्मचारीको तजबिजीमा भर पर्ने उनको ठम्याइ छ । बालबालिकालाई शिशुदेखि कक्षा ३ सम्म घरमा बोल्ने भाषामा शिक्षा दिनुपर्ने उनले बताए ।
सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश १ मा ४५ भन्दा बढी रैथाने भाषा छन् । प्रदेश २ मा पाँचवटा, प्रदेश ३ मा २० भन्दा बढी, प्रदेश ४ मा १५ वटा, प्रदेश ५ र ६ मा ६–६ वटा, प्रदेश ७ मा १४ वटा रैथाने भाषा रहेको तामाङले जनाए । ‘सम्बन्धित मातृभाषी समुदायको पुख्र्यौली थलोका आधारमा रैथाने भाषा मानिएको छ,’ उनले भने, ‘एउटा प्रदेशमा बोलिने भाषालाई अर्को प्रदेशमा दोहोर्‍याइएको छैन ।’

डेढ दशकदेखि बहुभाषिक विद्यालय सञ्चालन गर्दै आएकी रेनुका बज्राचार्यले कुनै पनि बालबालिकालाई घरको भाषाका माध्यमबाट शिक्षण गर्नु महत्त्वपूर्ण हुने बताइन् । ‘अंग्रेजी भाषा अति आवश्यक छ भन्दैमा नेपाली भाषा र अन्य मातृभाषालाई वर्जित गरेर अंग्रेजी घोकाउनु बालमस्तिष्कलाई आघात पुर्‍याउनु हो,’ उनले भनिन् ।अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकको मस्यौदामा २०२८ सालको पुरानै प्रावधान

रोनाल्डोलाई लाग्‍यो बलात्कारको आरोप







पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोलाई एक ३४ वर्षे  महिलाले  आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् ।म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लस भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।उनले घटना सामसुम पार्न रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राको दाबी छ । सो पत्रिकाका अनुसार रोनाल्डोलाई ती महिलाले पटक पटक 'हुँदैन', 'रोक' भन्दाभन्दै पनि उनले जबरदस्ती गरेको उल्लेख गरेको छ।’रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको तर १ प्रतिशतले जितेकोले बताइन्,’ उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’रोनाल्डोका वकिल सेच्र्ज बग्र्मानले सो कुरामा कुनै सत्यता नरहेको बताएका छन्।उनले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।रोनाल्डोले भने सो सम्बन्ध सहमतिमा गरेको बताउँदै आएका छन्।

हारबाट जोगियो बार्सिलोना, लिगको शीर्ष स्थानमा कायमै








साविकको विजेता बार्सिलोना शनिबार आफ्नो घरेलु मैदानमा सम्भावित हारबाट जोगिएको छ। घरेलु मैदानमा एथलिक बिल्बाओसँगको खेलमा अन्तिम समयमा गोल गरेपछि ऊ हारबाट जोगिएको हो।खेलको पहिला हाफ सकिन ४ मिनेट बाँकी छँदा बार्सिलोनाले एक गोल खाएको थियो।सो गोल ओस्कार डे मार्कोसले मार्केल सुसाएटाको क्रसमा गरेका थिए।पाहुना टोलीबाट १-० गोलले पछि परेको बार्सिलोनाले खेलको ८४ औं मिनेटमा मात्र बराबरि गोल फर्काउन सकेको थियो। सो गोल मुनिर एल हद्दीले गरेका हुन्।८० औं मिनेटमा ओस्मान डेम्बेलेको ठाउँमा मैदान प्रवेश गरेका मुनिरले ४ मिनेटपछि नै बराबरी गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो ।खेलमा पछाडी परेपछि मेसी ५५ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । खेल सकिएपछि रेफ्रीसँग वादविवाद गरेपछि मेसीलाई पहेंलो कार्ड देखाइएको थियो । बार्सिलोना ७ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा छ।

पिएसजीको जीतमा नेयमारको दुई गोल, बराबरी भयो कीर्तिमान







ब्राजिलियन स्टार नेयमारको गोलको सहयोगले  फ्रान्सेली लिग वनमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले निसलाई - ले पराजित गरेको छ।पीएसजी यस जितसँगै शीर्ष स्थानमा अंकको अग्रता बनाउन सफल भएको छ।
यस्तै जितसँगै पीएसजीले लिगको सुरुआती आठ लिग खेलमा लगातार जित हासिल गर्दै कीर्तिमान बराबरी गरेको
पिएसजीको लागि तेश्रो गोल एनकिन्नकुले गरेका थिए। जीतसँगे पिएसजीले आफ्नो शतप्रतिशत नतिजालाई कायम राखेको छ।यसअघि सन् १९६०-६१ सिजनमा एएस मोनाकोले सो रेकर्ड कायम गरेको थियो
सो खेलमा पहिलो गोल नेयमारले गरेका थिए।
खेलको २२ औं मिनेटमा उनले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार गोलमा परिणत भएको थियो
यसैगरी ४६  मिनेटमा एनकुन्कुले गोल गर्दै अग्रतालाई - ले बढाएका थिए
५९ औं मिनेटमा निस १० खेलाडीमा सिमित भयो। विलयन सिप्रिएन दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो
१० खेलाडीमा सिमित निसविरुद्ध अतिरिक्त समयमा नेयमारले गोल गर्दै जितलाई - बनाए। उनलाई एमबाप्पेले गोलका लागि सहयोग गरेका थिए।
 पीएसजीले यसै साताको मध्यमा च्याम्पियन्स लिग अन्त्यमा लिग वन अन्तर्गतका खेलहरु खेल्नेछ

निर्मला बलात्कार-हत्या छानबिन समितिका सदस्यमाथि आक्रमण




निर्मला बलात्कार -हत्या छानबिन समितिका सदस्यमाथि धनगढीमा आक्रमण भएको छ।
निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो।७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाडीमाथि मोटरसाइकलमा आएको २ जनाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालय जाने क्रममा बाटोमा आक्रमण भएको हो। केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आक्रमण भएको र आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। केसीको सुरक्षामा २ जना सुरक्षाकर्मी पनि थिए।

साभार : setopati online NEWS

क्यान्सरको बिरामीलाई सहयोग








नवलपुर समाज जापान का अध्यक्ष श्री सागर प्रसाद कंडेल , उपाध्यक्ष   श्री राम ब. खड्का लगाएत सम्पुर्ण नवलपुर समाज का  पदाधिकारी तथा  सदस्य हरु को पहल मा संकलन भएको रकम रु ४०,०००/- गैंडाकोट नगरपालिका १७ अ्मरापुरी बस्ने श्रीमती तुलादेबी शर्मा जो केही समय देखि  भरतपुर Cancer hospital मा क्यान्सर जस्तो जटिल रोग को उपचार गराइ रहनु भएको र उहाको आर्थिक अवस्था निकै कमजोर रहेको सन्धर्भ मा जापान मा रहनु हुने समाज का सम्पुर्ण भाइ हरु को मेहनत र पसिना बाट आर्जेको यो रकम उहाँ बिरामी आमा  को  उपचारार्थ उहाँ को  छोरा श्री बाबुराम शर्मा लाई आज एक सानो कार्यक्रम का बिच हस्तान्तरण गरियो । साथ मा उक्त कार्य  को लागि सकृय भुमिका खेल्नु हुने गैंडाकोट १७ अमरापुरि निवासी युबा तथा समाजसेबि ब्यक्ति श्री राजन कंडेल, उक्त ओडा का ओडा अध्यक्ष श्री रत्न बहादुर खड्का अनि स्वहि ओडा कि  महिला ओडा सदस्य श्रीमती राधिका  कंडेल समेत को सहभागीता रहेको थियो।जापान बाट यस महान कार्य  को लागि सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद दिदै , बिरामी को सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ ।

LCI District 325 B2, Nepal Area No 3 को planning Meet सम्पन्न

१६ असार, २०७६ चितवन , lions Clubs international district 325 B2, Nepal Area No:3 मा planning Meet सम्पन्न भएको छ । कार्यक्रमको समा...